Collection of Literatures

छेऊ न टुप्पो

– प्रबोधराज रेग्मी एडमन्टन, डिसेम्बर १०, २०१६
                        
        तिनका बलबाहु (Neil Armstrong: Arm + Strong) जूनमा गए, हाम्रा गए चीनमा
        तिनको चर्चा जगतभरी उनको कुरै छैन ।
        ***
        
        जीवनका केहि आयाम,
        बादलको आकारका बारे शोधपत्र लेखेजस्ता
        निरर्थक केहि आख्यान
        निरुत्पादक केहि बखान।
        
        सहित्य पनि त्यस्तै लाग्यो दाजु !
        भनेको थिएँ, सहित्यानुरागीसँग –
        घोत्लिएँ, सोचेँ, गम खाएँ – के साँचै त्यस्तै हो त ?
        होइन क्यारे !
        ***
        
        आइन्स्टाइनले भने – ज्ञान होइन, कल्पना हो, प्रज्ञाको वास्तविक संकेत ।
        (The true sign of intelligence is not knowledge, but imagination.)
        बुद्धले सिकाउन खोजे – चुपचाप बस, सास फेर, हेर (विपस्यना) ।
        देवकोटालाई शुन्यमा शुन्यसरी बिलाएको महशुस भयो ।
        ***
        
        मुग्लान भासिएका हामी,
        गौरादह देखि गौरीफन्टा को यात्रामा होइन –
        गीएर्सन हिलको सवारी जामको कुरामा चासो राख्छौं ।
        दोश्रो पुस्ते आप्रवासीहरु,
        अंग्रेजी इन्टोनेसनमा नेपाली बोल्छन ।
        पहिलो पुस्तेलाई आयाम सोच्दा फ्यासटले बाटो छेक्छ ।
        आयाम देखि फ्यासटको यात्रामा,
        कथित रोमान्च र केहि आशा थियो सम्भावनाको ।
        खै कती फले ती आकाशका फलहरू ?
        लोभको भाँडो उभिन्ड़ो ।
        केवल शुन्यमा बिलाउने पासो,
        हाम्रा बलबाहु शुन्यमा बिलाए, तिब्बतमा ।
        
        फ्यासटबाट आयामको फर्काई,
        ग्लानिपूर्ण  !
        सम्झेर ल्याउँदा –
        पंखेटा फ़र्फ़राएर उडिहालुँ की जस्तो पो हुने !
        रेशम फिरिरी, रेशम फिरिरी,
        उडेर जाउँ की डाँडा मा भन्ज्याङ,
        रेशम फिरिरी ।
        ***
        
        यता हामी बिलाउन खोज्यौं,
        उता देश बिलाउन खोज्यो।
        फुरुरु उड्न मिल्ने भए,
        गै हाल्न  हुन्थ्यो –
        न मि सा उँ दै
        न बि ला उँ दै
        
        त्यहि मेसो,
        मुम्बई पो जान हुन्थ्यो –
        जहाँ मेरी दिदी अस्पतालमा हुनुहुन्छ ।
        ***

रुन्दै नरुनु

– Bijaya Dhakal

रोए आमा मर्दा धेरै सन्सारमा एक्लो ;
आंशु सबै सकियो लाग्थ्यो अब रुन्न भैगो॥
 
रोए बाबू मर्दा तेस्तै, फेरि भए एक्लो;
आंशु सबै सकियो लाग्थ्यो अब रुन्न भैगो॥

सासु मरिन रोए फेरि, जीवनसाथीलाई देखि;
सहनै नसक्ने तेहि पिडा, उनले भोगेको देखि॥

बाबू उनको फेरि गए, आसु आयो फेरि;
सहनै नसक्ने तेहि पिड उनले भोगेको देखि॥

बुज्रुक जति सबै गए, शरीर जलाई दिये;
आत्मा तिनका अमर ; हाम्रो हि्दयमा बसे॥

बिछोड  हुदा साथिभाई , आखा फेरि भिज्यो;
बज्रपात मुटुमा लाग्यो, मुटुको झ्याल रोयो॥

दिदी प्यारी गैइन् टाढा, बिहे गरि दिए;
बाल्य मनमा लाग्यो चाेट आखा फेरि रोयो॥

दाजु मेरा खानी मायाका, बिहे उनले गरे;
भाउजू परिन् ममताहिन, आखा फेरि बर्से॥

भाउजू भन्थिन् आमा बाबु छैनन् अब तेरा;
बस्ने होइन प्यारा दाजुका घरमा,खोजी हाले डेरा॥

आँसु सबै सकिए मेरा,भनी ठाँने कठै
कमलो मुटुका छिद्रा भए बन्चिरहे अझै॥

जीवन सत्य यहि रैछ जानिकन कठै ;
बाटो जान्नु सहि कुनहो, छोडनु मोह है!

जीवन दर्शन मिलिकन, हुनु सामिप्य प्रभुको
नसुक्ने आँसु कहिले नझर्ने ,मुल मन्त्र प्रभुको॥

निरन्ज निराकार ध्यान उनको गर्नु,
सिकाउंने उहीँ मातापिता ,प्रभु हुन यहि जान्नु।।

Poems written by our Kid NELCA'ians


मेरी बहिनी पिया पान्डे

– पृशा पान्डे

मेरी बहिनी पिया पान्डे सबैभन्दा राम्री छिन्
मेरी बहिनी पिया पान्डे भोक्-निद्रामा रुन्छिन
नानु भनेए बोलाउदा मुसुमुसु हास्छिन्
मैले मुख बिगार्दा उनि पनि बिगार्छिन्
नुहाउदा छप्ल्याङ्-छुप्लुङ पारी पानी पोखाउछिन्
बुबु खाइसकेपछी जिब्रो पड्काइ मुख मिठ्याउछिन्
सुन्तला को रस खाँदा रमाई-रमाई चुसिदिन्छिन्
हामी माम खाँदा खेरी सङ्गै छेउमा बसिदिन्छिन्
हरेक गाँस हाल्दा खेरी टुलु-टुलु मुखमा हेर्छिन्
मेरी बहिनी मेरा लागी सबैभन्दा प्यारी छिन्
मेरी बहिनी पिया पान्डे भागवानकी वरदान हुन

My Country

– author unknown (please provide if you know so that this can be updated)
My country is Nepal where I was born,

I grew up among roses and thorns.

My flag is different than other,

It flows love among sisters and brothers.

The shape is unique and beautiful,

That’s why no one will be bothered.

Sun in day, moon in night

Lord Buddha is our light

Always happiness no more fights

मेरो परिवार

– पृशा श्रेष्ठ
  
    मेरो परिवारमा चार जाना छौं |
    पिन्की मेरो मामुको नाम हो |
    प्रफुल मेरो बाबाको नाम हो |
    प्रयुश मेरो दादा को नाम हो| 
    मेरो नाम पृशा हो|
    
    जसरी परिवार ‘प’ बाट शुरु हुन्च, हामी चार जाना को नाअ पनि ‘प’ बाट शुरु हुन्छ |
    
    मेरो परिवारलाई फूटबल मन्पर्छ|
     मामु ले खाना पकाउछ | 
     दादा कक्षा १० मा पढ्छ | 
     म कक्षा ५ मा पढ्छु | 
     दादा विस्कोन्सिन मा जन्मेको हो| 
     म एड्मोन्टोन मा जन्मेको हो| 
     मेरो परिवारलाई चेस खेल्न मन लाग्छ |
    
    यो हो मेरो प्रसन्न परिवार |

छोरी

– सदिक्षा खनाल
        
        भ्रुकुटी र सिता जस्तै म नेपाल कि छोरि
        
        नेपाली रास्ट्रीयता मेरो छातिभरि
        
        विश्वमा सगरमाथाको माया मैले छर्नुपर्छ
        
        गौतम बुद्धको पद्छाप मैले बन्नुपर्च
        
        विर्-विराङना सहिदको म पार्छु सपना साकार
        
        प्रक्रुती जस्तै बन्छु, बदल्छु नेपाल को आकार्|
        
         
        
        साना-साना भाइ-बहिनिको गुरुआमा बन्छु
        
        सन्सारका रहस्य सबै खोजी गर भन्छु
        
        विश्वमै सुन्दरतम छ नेपाल हाम्रो
        
        पर्यटकको गन्तव्य स्थान नेपाल भनिने छ राम्रो |
Copyright © NELCA 2024.